संक्रमितको सम्पर्कमा गएको पाँच दिन पछि मात्रै स्वाव दिनु–मन्त्रालय

साउन ३१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको सम्पर्कमा गएका व्यक्तिलाइ सम्पर्कमा गएको पाँच दिनपछि मात्र पीसीआर परिक्षण गराउन आग्रह गरेको छ ।

शरिरमा भाइरस प्रवेश गरेको पाँच दिन सम्म परिक्षण गर्दा संक्रमण नदेखाउन सक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो । तर पाँच दिन सम्म भने घरमै आइसोलेसनमा बस्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

यस्तै मन्त्रालयले स्वास्थ्यकर्मीमाथी दुव्र्यवहारका घटना बढेको भन्दै यस्तो नगर्न आग्रह गरेको छ । कसैले स्वास्थ्यकर्मी तथा कोरोना संक्रमितलाई दुव्र्यवहार गरेमा कारवाही गर्ने पनि मन्त्रालयले चेतावनी दिएको छ ।

यसैगरी मन्त्रालयले देशका सबै शिक्षण अस्पतालहरुलाई आफ्नो अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि छुटै भवनमा आइसोलेसनको व्यवस्था गरी एक तिहाइ शैया कोरोना संक्रमितको उपचारको लागि छुट्याउन निर्देशन दिएको छ ।

[sidebar name="button post"]