ठिमीस्थित नेपाल कोरिया मैत्री अस्पतालका तीन नर्ससहित चार जनामा कोरोना भाइरस संक्रमण

उपत्यकाको मध्यपुर ठिमीस्थित नेपाल कोरिया मैत्री अस्पतालका तीन नर्ससहित चार जनामा कोरोना भाइरस संक्रमण भएको छ।

अस्पतालका नर्स र कर्मचारीमा कोरोना संक्रमण भएपछि अत्यावश्यकबाहेक अस्पतालका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।

अस्पतालले शनिबार तीन नर्सिङ कर्मचारी र एक पार्किङका कर्मचारीमा कोरोना संक्रमण भएको जानकारी गराएको हो।

 

[sidebar name="button post"]