३१ साउन, काठमाडौं। आङदोर्जे शेर्पालाई काठमाडौंको मनमैजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
गोंगबु सुकुम्वासी टोलमा बस्दै आएका तामाङको हत्यामा समलग्न मुख्य अभियुक्त शेर्पालाई महानगरीय अपराध महाशाखाले शनिबार पक्राउ गरेको जनाएको छ।
शुक्रबार राति एक खाजा घरमा दुई पक्षबीच विवाद हुँदा धारिलो हतियार प्रहारबाट तामाङको मृत्यु भएको हो। छुरा प्रहार पछि घाइते उनको ग्रीनसिटी अस्पतालमा मृत्यु भएको थियो। घटनामा संलग्न रहेका अरू तीन जना पनि प्रहरी नियन्त्रण लिएको छ।












