दैलेख, सल्यान र कालीकोटका जिल्ला अस्पतालमा सघन उपचार कक्ष थप्ने निर्णय प्रदेश विपद् व्यवस्थापन केन्द्रले गरेको छ । सामाजिक विकासमन्त्री दल रावलका अनुसार तीनै जिल्लामा पाँचपाँच सघन उपचार कक्ष र एकएक भेन्टिलेटर थप गरिनेछ ।
हाल कर्णालीका सुर्खेत, जुम्ला र दैलेख अस्पतालमा गरी ४० सघन उपचार कक्ष र १७ भेन्टिलेटर रहेका छन्। कर्णालीमा हालसम्म दुई हजार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भए पनि ‘एक्टिभ केस’ १४५ रहेको छ । छ जनाको मृत्यु भइसकेको छ भने एक हजार ९०१ जना निको भई विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरबाट डिस्चार्ज भइसकेका छन् ।












