३० साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा गएको पहिरोले ३७ वटा घर पुरिनुका साथै ३६ जना सम्पर्कविहीन भएको खुलेको छ ।
अहिले सम्मको उद्धारमा दुई जनाको शव भेटिएको जुगल गाउँपालि बाट जानकारी मिलेको छ। गाउँपालि बाट प्राप्त जानकारी अनुसार ५ जनाको उद्धार पस्चात उपचारको लागि सदरमुकाम चौतारा लगिएको छ।
अहिले उद्धार र खोजीमा नेपाली सेनाको झिर्पु सुरक्षा वेसबाट सह–सेनानीको नेतृत्वमा २१ जनाको टोली परिचालन भएका छन् । प्रभावित क्षेत्रमा सभामुख अग्नि सापकोटा पनि पुग्नुभएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट पनि प्रहरीको टोली घटनास्थल गइरहेको छ ।












