इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच शान्ति सम्झौता भएको छ। उक्त सहमतिको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्।
एक संयुक्त वक्तव्यमा राष्ट्रपति ट्रम्प, इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहू र अबुधाबीका क्राउन प्रिंस मोहम्मद अल नाहयानले यो ऐतिहासिक सफलताले मध्य पूर्वमा शान्ति बढ्ने उल्लेख गरेका छन्।
अहिलेसम्म इजरायलको खाडीका अरब देशहरुसँग राजनीतिक सम्बन्ध थिएन।












