Ad #144479

साउन २७, काठमाडौं ।कोरोना भाइरसको जोखिम बढ्दै गएपछि भुटानले पहिलो पटक देशभर लकडाउन घोषणा गरेको छ । क्वरेन्टिनबाट डिस्चार्ज भएकी २७ वर्षकी युवतीमा कोरोना संक्रमण पाईएपछि भुटानमा लकडाउन घोषणा गरिएको हो ।

कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि कुवेतबाट फर्केकी ती युवतीलाई क्वरेन्टिनबाट डिस्चार्ज गरिएको थियो । तर, सोमबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिए पछि लकडाउन गरेको भुटानको सरकारले जनाएको छ । झण्डै साढे सात लाख जनसंख्या रहेको भुटानका धेरैजसो नागरिक बुद्ध धर्ममा आस्था राख्छन् ।

दक्षिण एसियाली राष्ट्रमध्ये भुटान कोरोनाबाट सबैभन्दा कम प्रभावित देश हो । त्यहाँ अहिलेसम्म ११३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।