पुतलीसडकमा आगलागी : कन्सल्टेन्सीमा क्षति

काठमाडौँ महानगरपालिका–३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरमा आगलागी भएको छ । घरको दोस्रो तलामा आज अपराह्न आगलागी हुँदा स्टाण्डर्ड एजुकेशन कन्सल्टेन्सीमा क्षति पुगेको छ । आगलागी हुँदा कन्सल्टेन्सीको एक कोठामा क्षति पुगेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

विद्युत् चुहिएर आगलागी भएको हुन सक्ने अनुमान गरीएको छ । कन्सल्टेन्सी बन्द रहेका बेलामा एक्कासि धुवाँको मुस्लो बाहिर निस्केपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । काठमाडौँ महानगरपालिकाको दमकलको सहायतामा अहिले प्रहरीले उक्त आगो नियन्त्रणमा लिइसकेको छ । आगलागीबाट के कति क्षति भयो भन्नेबारे तथ्याङ्क सङ्कलन भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

[sidebar name="button post"]