अध्यागमन विभागका एक कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ । विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा ५६ जनाको कोरोनो नेटेटिभ र एक जनामा पोजेटिभ आएको छ । प्रवेशाज्ञा सेवा केही समयको लागि बन्द गरिएको विभागले जनाएको छ ।
कोरोना पोजेटिभ देखिएका कर्मचारीलाई आइसोलेसनमा पठाइएको र उहाँसँग सम्पर्कमा रहेर काम गरेका कर्मचारीलाई पनि होम आइसोलनमा राखिएको छ । विभागको केन्द्रीय कार्यालयको सेवा बन्द छ । तर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित सञ्चालनमा रहेको छ । विमानस्थलको अध्यागमन सेवा समान्वयरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयले जनाएको छ ।
[sidebar name="button post"]









