साउन २४, काठमाण्डाैमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । काठमाण्डौं उपत्यकामा आज ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाण्डौंमा ५६, भक्तपुरमा ३ र ललितपुरमा ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । यस्तै आज काठमाण्डौं पनि उच्च जोखिमयुक्त जिल्लाको सूचीमा परेको छ ।
मन्त्रालयले ५ सय भन्दा धेरै संक्रमित हुने जिल्लालाई सक्रिय संक्रमित जिल्लाको सूचिमा राख्ने गरेको छ । आज काठमाण्डौंसँगै पर्सा, रौतहट र महोत्तरी सक्रिय संक्रमित हुने जिल्लाको सूचिमा छन् ।
यस्तै, सात जिल्ला खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला भने शुन्य संक्रमित जिल्लाको सूचिमा छन् ।
[sidebar name="button post"]









