बेनिघाट–आरुघाट सडकखण्ड पहिराले अवरुद्ध

गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा पर्ने बेनिघाट–आरुघाट सडकखण्ड पहिराको कारण अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार आज बिहान गएको पहिराले सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

बेनिघाट बजारदेखि करीब एक किलोमिटर पूर्वतर्फ माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको वडाध्यक्ष रामप्रसाद लामिछानेले जानकारी दिनुभयो । उहाको अनुसार बेनिघाट हुँदै उक्त सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन भने पहिरो हटाउनका लागि मेसिन खोज्ने काम भइरहेको छ ।

पहिरो ठूलो भएकाले तत्काल हटाउन सक्ने सम्भावना नरहेको वडाध्यक्ष लामिछानेको भनाइ छ । दिनभरि मेसिन लगाउन सकियो भने हटाउन सकिन्छ भने केही दिनअघि मात्र सोही ठाउँमा गएको पहिरो हटाइएको थियो, फेरि आज पनि सोही ठाउँमा पहिरो खसेको छ ।

प्रत्यक्षदर्शीका अनुसार झण्डै ७० मिटर माथिबाट खसेको ठूलो पहिराले सडक पुरेर बूढीगण्डकी नदीमा पुगेको छ । ठूलाठूला ढुङ्गाहरु पनि पहिरोसँगै खसेको छ, सानो मेसिनले ढुङ्गा पहिरो हटाउनेसक्ने सम्भावना छैन, र पहिरो करीब बिहान साढे १० बजेतिर खसेको कारण पहिराले सडक अवरुद्ध भएपछि यात्रुहरु बाटोमा नै अलपत्र परेको प्रत्यक्षदर्शी, सुजन लामिछानेले बताउनुभयो ।

[sidebar name="button post"]