छोरेपाटनस्थित पुलचोकको सार्वजनिक जग्गामा वृक्षरोपण
पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित पुलचोकको सार्वजनिक जग्गामा लायन्स क्लब अफ शान्ति स्तूपा चौतारीद्वारा वृक्षरोपण गरिएको छ ।
हरियाली प्रवद्र्धन गरी वातावरण संरक्षणमा योगदान पु¥याउने मुख्य लक्ष्यसाथ आयोजित वृक्षरोपण कार्यक्रममा चाँप, कपुर, लप्सीलगायत विभिन्न जातका १५० बिरुवा रोपिएको थियो । लायन्स डिष्ट्रिक चिफ पिआरो राम बस्यालले चाँपको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै लायन्सले शिक्षा, स्वास्थ्य र वातावरणीय क्षेत्रमा योगदान गर्दै आएको जानकारी दिनुभयो ।
क्लबको सक्रियतामा अघिल्लो वर्ष पनि २०० भन्दा बढी बिरुवा रोपिएको र नियमित गरिएको गोडमेलको कारण बिरुवा राम्रोसँग हुर्केको लायन्सका अध्यक्ष सुभाष ढुङ्गानाले जानकारी दिनुभयो