Ad #144479

रमिता दंगाल

साउन १९, साउनकाे तेस्रो साेमबार पशुपतिनाथमा भक्तजनको भीड लागेको छ । जनैपूर्णिमा एंव साउनको तेस्रो सोमबार आज अरु दिनकाे तुुलनामा चहलपहल बढी छ । साउनमा हिन्दु धर्मावलम्वी महिलाहरुले हरेक सोमबार व्रत बस्ने तथा शिवालयमा गएर पूजा, दर्शन एवं जल चढाउने परम्परा छ ।

साउनको सोमबार व्रत बसि भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । तर आज साउनको तेस्रो सोमबार पनि दर्शनार्थीहरुको लागि पशुपतिनाथको मुख्य मन्दिर खोलिएको छैन। भक्तजनहरुले मन्दिर बाहिर खोला किनारमा पुजा आजा गरेका छन् ।

जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व र साेमबार समेत परेकाले अघिल्ला साेमबार भन्दा बढी चहलपहल देखिएको छ ।