पेरिस सेन्ट–जर्मेनले शुक्रबार राति भएको खेल फ्रेन्च लिग कपको फाइनलमा लियोनलाई पराजित गरेर उपाधि जितेको छ।
योसँगै उसले यो सिजन घरेलु प्रतिस्पर्धामा प्रमुख तीन उपाधि जितेको छ । शुक्रबार राति भएको खेल फ्रेन्च लिग कपको अन्तिम फाइनल पनि हो । गएको सेप्टेम्बरमा यो सिजनपछि फ्रेन्च लिग कप अन्त्य गर्ने निर्णय भएको थियो ।
उसले पछिल्लो ६ वर्षमा चौथो सिजन लिग वान, फ्रेन्च कप तथा लिग कपको उपाधि जितेको हो ।
[sidebar name="button post"]









