काठमाडौं । बुधबार राती सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीमा हराएका एक जना तीन दिनपछि जिवितै भेटिएका छन ।
बाह्रबिसे बाढीमा बेपत्ता भएका ५७ वर्षीय नाप्चे मगर तीन दिनपछि जिवितै भेटिएका जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए । उनका अनुसार मगर भोटेकोशी नदीमा जीवित भेटिएका हुन ।
जिवितै भेटिएका उनको टाउको र खुट्टामा चोट लागेको छ । नदीबाट उद्धार गरिएका उनको स्थानीय मेडिकल क्लिनिकमा उपचार भइरहेको छ ।
बेपत्ता १९ जनामध्ये एक जनाको शब भेटिएको छ । भोटेकोशी गाउँपालिकाका ६ वर्षीय बालक साहिल तामाङको शव भेटिएको हो ।
अघि बाह्रबिसेमा २ जनाको शब भेटिएको थियो । अब बेपत्ता रहेका १८ जनाको खोजी कार्य चलिरहेको पनि प्रहरीको भनाई छ ।
[sidebar name="button post"]









