स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क लिएर पिसिआर परीक्षण गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले स्थानीय तहहरूलाई शुल्क माग गरेको बताउँदै त्यसो गरे कारबाही गरिने जनाएका छन्।
सबै कोभिड-१९ सम्बन्धी परीक्षणको व्यवस्था सरकारको खर्चमा भइरहेको प्रवक्ता गौतमले बताए। जसको लागि मन्त्रालयले परीक्षण शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको छ। अहिले उपत्यकाका वीर, टिचिङ र पाटन अस्पताल छन्।
यी अस्पतालहरूले स्वेच्छाले परीक्षण गर्न चाहने व्यक्तिलाई शुल्क लिएर परीक्षण गर्न पाउँछन्।
[sidebar name="button post"]









