आफ्नै फ्ल्याटमा मृत भेटिइन् पाकिस्तानी अभिनेत्री

पाकिस्तानी मोडेल तथा अभिनेत्री हुमैरा असगर अली पाकिस्तानको कराँची सहरस्थित आफ्नै फ्ल्याटमा मृत फेला परेकी छन्।

कराँची प्रहरी अधिकारीहरूले डिफेन्स हाउसिङ अथोरिटी क्षेत्रमा रहेको उनको फ्ल्याटमा  उनी मंगलबार राति मृत भेटिएको बताएका छन्।

अभिनेत्री असगरका परिवारका सदस्यले उनको शव लिन अस्वीकार गरेका छन्।

सञ्चारमाध्यमका अनुसार अदालतको आदेशमा फ्ल्याट खाली गर्न प्रहरी उनको घर पुग्दा हुमैरा असगरको शव भेटिएको थियो।

प्रहरीका अनुसार अभिनेत्रीको मृत्यु धेरै दिनअघि भएको देखिन्छ। तर उनको मृत्युको कारण अझै स्पष्ट भएको छैन।

एसएसपी साउथ मेहरोज अलीले भने, ‘अभिनेत्री हुमैरा अली लाहोरकी बासिन्दा थिइन् र २०१८ देखि इत्तेहाद कमर्सियल एरियाको फ्ल्याटमा बस्थिन्।’

अभिनेत्री हुमैरा असगर यस भवनको चौथो तलाको फ्ल्याटमा बस्थिन्।

 

[sidebar name="button post"]