काठमाडौं : नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ।
दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको माैशम पूर्वानुमान महाशाखाले जनाएकाे छ।









