आज पनि तिहारकै रुपमा सार्वजनिक बिदा

काठमाडौं । गृहमन्त्रालयले आज पनि तिहारकै रुपमा सार्वजनिक विदा दिएको छ ।

कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट आज पनि कायम राखिएको हो । सरकारले आज तिहार पर्वकै रुपमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

अब सरकारी कार्यालयहरु सोमबारबाट मात्रै खुल्ने छन् । भोली शनिबार र आईतबार छठ परेकाले सोमबारबाट मात्रै कार्यालयहरु खुल्ने भएका हुन् ।

[sidebar name="button post"]