युनाइटेडको जीतमा रोनाल्डोको गोल

काठमाडौं: इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा बिहीबार राति सेरिफलाई ३–० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले समान एक एक गोल गरे ।

खेलको ४४ औं मिनेटमा डालोटले,  ६५ औं मिनेटमा राष्फोर्डले र ८१ औं मिनेटमा रोनाल्डोले गोल गरे । म्यानयुको टोलीमा पुनरागमन गरेका रोनाल्डोको यो करियरको ७०१ औं क्लब गोल हो ।  जितसँगै समूह ‘ई’ मा युनाइटेडले ५ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा छ । सेरिफ ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

[sidebar name="button post"]