काठमाडौं: नेपाल राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार मंगलवार अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ ।
अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.४२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.०२ रुपैयाँ कायम भएको छ । गत शनिवारदेखि अमेरिकी डलरको विनिमय दर स्थिर रहेको हो ।
अमेरिकी डलरको विनिमय दरको यो वृद्धि हालसम्मकै उच्च हो । राष्ट्र बैंकका अनुसार मंगलवार युरोपियन युरोको प्रति युरो खरिद दर १२७.५८ रुपैयाँ र बिक्री दर १२८.१६ रुपैयाँ कायम भएको छ ।
यस्तो छ आजको सटही दर
[sidebar name="button post"]









