भगवान गणेशलाई खुसी बनाउने ११ मन्त्रहरु

काठमाडौं: मंगलबार गणेश भगवानको बार हो। धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवताको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ।

धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ । धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्। मंगलबार कुखुरा वा अन्य प‌ंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ । मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु सेवन गर्नु हुँदैन । मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ ।

यदि तपाई पनि कुनै आर्थिक, पारिवारिक संकटमा हुनुहुन्छ भने प्रत्येक मंगलबार भगवान गणेशको पुजा आरधना गरी यी ११ मन्त्रहरु जप्नुस् । सबै संकटहरु हटेर जान्छ भने जीवनकै सबैभन्दा ठुलो सफलता पनि मिल्नेछ ।

भगवान गणेशलाई खुसी बनाउने ११ मन्त्रहरु :-

-ॐ श्री गणेशाय नम
-ॐ गं गणपतये नमस्
-ॐ गं गणपतये नमस्
-ॐ गं ॐ गणाधिपतये नम
-ॐ सिद्धि विनायकाय नम
-ॐ गजाननाय नम
-ॐ एकदंताय नमो नम
-ॐ लंबोदराय नम
-ॐ वक्रतुंडाय नमो नम
-ॐ गणाध्यक्षाय नमः

धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबैभन्दा उत्कृष्ट देवाको रुपमा पुज्ने चलन रहेको छ । हरेक व्यक्तिले पुजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पुजा गर्ने चलन रहेको छ । गणेश भगवानलाई सिद्धी दिने विर भगवानको रुपमा समेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन् । मंगल ग्रहलाई समस्या निर्मानायकको रुपमालिने भएकाले मंगल ग्रहको खराब प्रभावलाई हटाउन मंगलबारको दिन भगवान गणेशको पुजा गर्ने गरिएको हो । त्यसकारण आज हामी तपाईहरुलाई गणेश भगवानलाई कसरी खुसी बनाउने भन्ने बारे पुजा गर्ने केही उपायहरु बताउन गइरहेका छौँ ।

पुजा गर्ने बिधि:

  • विहान सबेरे उठेर स्नान गरेर चोखो कपडा लगाउने । त्यसपछि घरमा सम्भव भए घरमै पुजा गर्ने यदि छैन् भने नजिकै रहेको गणेश मन्दिरमा गएर पुजा गर्ने ।
  • विशेष गरेर गणेशको पुजा गर्नलाई मंगलबार राम्रो मानिन्छ । त्यसकारण व्रत बसी विधिवत रुपमा पुजा गर्दा सोचेभन्दा राम्रो हुने मान्यता रहेको छ ।
  • गणेश भगवानको पुजा गर्दा घ्यू अपर्ण गर्नु अत्यन्तै आवश्यक रहेको हुन्छ । यदि धनको लागि भगवान गणेशको व्रत बसेको हो भने गणेशलाई घ्यू अपर्ण गर्दा छिट्टै प्रसन्न हुने विश्वास रहेको छ ।
  • गुलियो खानेकुराहरुबाट प्रसन्न हुने भएकाले गणेश भगवानलाई सख्खरबाट बनेका गुलिया चिजहरु चढाउनुपर्छ । त्यतिमात्रै हैन गणेशलाई खुसी बनाउने पुजा गर्दा वस्त्र पनि चढाउनुपर्छ ।
  • यसरी विधिपूर्वक तरिकाले भगवान गणेशको पुजा गरे जीवनमा ठूलो सफलता हात पर्ने मान्यता रहेको छ ।
[sidebar name="button post"]