काठमाडौं- सत्ता गठबन्धनका दलहरुको शुक्रबार रातिसम्म बसेको बसेको बैठकले सिट बाँडफाँटको टुंगो लगाएको छ।
जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई ८ देखि १० सिट दिने गरी भागबन्डा गरिएको हो । प्रतिनिधि सभाको १ सय ६५ मध्ये १ सय ६१ सिटको भागबन्डा मिलेको र यो सूचीमा आज शनिवारसम्म तल–माथि हुन सक्ने नेताहरूले बताएका छन् ।
बिहीबारसम्मको बैठकमा जसपा पनि बैठकमा सहभागी भएको थियो । जसपा बाहिरिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बालुवाटार वार्तामा सहभागी भएको छ ।
केन्द्रमा सत्ता गठबन्धनका दलहरू बिच क्षेत्र बाँडफाँट गर्दा पनि प्रदेशमा नेकपा एकीकृत समाजवादीले पाएको क्षेत्रमा माओवादी र नेपाली कांग्रेसले पनि दाबी गरेपछि समस्या भएको हो ।
प्रतिनिधि सभातर्फ १६ निर्वाचन क्षेत्र रहेको यहाँ कांग्रेसले ९, माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादी पार्टीले क्षेत्र पाउने भएका छन् । केन्द्रमा गठबन्धनका दलहरू बिच सिट बाँडफाँडमा समस्या नदेखिए पनि प्रदेशमा भने समस्या देखिएको छ ।




















