काठमाडौं ७ मा माओवादीले दियो मानुषीलाई टिकट

काठमाडौँ:  नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर ७ मा मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। उनी पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डाक्टर बाबुराम भट्टराईकी छोरी हुन्।

माओवादीको भागमा परेको काठमाडौ ७ बाट मानुषी उम्मेदवार बन्ने निश्चित रहेको एकजना पदाधिकारीले नेपालखबरलाई बताए। यसपटक बाबुराम उठ्ने गरेको गोरखा क्षेत्र नम्बर २ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्दैछन्।

भट्टराई आफू कहाँबाट उम्मेदवार बन्छन् अहिलेसम्म प्रस्ट भएको छैन। तर उनकी छोरी काठमाडौ ७ बाट उम्मेदवार बन्ने पक्का भएको छ।  यससँगै अब मानुषीले काठमाडौं ७ मा कांग्रेस, माओवादीको साथ पाउने छिन्।

माओवादीले आफ्नो भागमा परेको सिटमा शनिबार उम्मेदवार चयन गर्दैछ। माओवादीको चुनाव चिन्ह लिएर यसपटक नेसपा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव लड्दैछ।

[sidebar name="button post"]