पशुपतिशमशेर लोकप्रिय, समानुपातिकमा पहिलो नम्बरमा

काठमाडौं: राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)को समानुपातिक सूचीको पहिलो नम्बरमा पूर्वअध्यक्षद्वय पशुपतिशमशेर राणाले बाजी मारेका छन् ।

राप्रपाले निर्वाचन आयोगमा समानुपातिक सांसदका उम्मेदवारको नाम बुझाए पनि को एक नम्बर हुने विवाद भएपछि मदतान गरिएको हो। राप्रपाको समानुपातिक सूचीमा एक नम्बरमा को रहने भन्‍ने विषयमा पूर्वअध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच विवाद थियो।

दुबैले खसखार्य पुरुषतर्फ पहिलो नम्बरमा बस्न चाहेका थिए । पटक पटक छलफल गर्दा पनि दुई नेताले आफ्नो नाम पहिलो नम्बरमा हुनुपर्ने अडान राखेपछि सोमबार कार्यसम्पादन समितिको बैठकमा गोग्य मतदान नै भएको छ ।

राणाले ११ मत पाए भने डा. लोहनीको ९ मत मात्र पाए । सो परिणामसँगै अब राप्रपाको समानुपातिकको बन्दसूचीमा खसआर्य पुरुषको पहिलो नम्बरमा राणाको नाम हुने एक नम्बरमा हुने निश्चित भएको छ ।

एक पदाधिकारीका अनुसार सोमबार विवाद टुंग्याउन भएको गोप्य मतदान गर्ने र दुबैले मतपरिणाम स्वीकार गर्ने बताएपछि मतदान गरिएको हो। ३१ सदस्यीय कार्यसम्पादन समितिको सोमबारको बैठकमा २४ जना मात्र उपस्थित थिए। राणा र लोहनी मतदानअघि नै बैठकबाट बाहिरिए भने अध्यक्ष लिङ्देनले मतदानमा भाग लिएनन्। बराबर मत आए मात्र आफूले मतदान गर्ने लिङ्देनले बताएका थिए।

[sidebar name="button post"]