काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य एक हजारले बढेको छ ।
बिहिबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा १ हजार रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ९२ हजार ३ सय सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
[sidebar name="button post"]









