काठमाडौँ: विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तयार भएको छ।
बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मिश्रसँग भएको छलफलबारे जानकारी गराएका थिए । एक पदाधिकारीका अनुसार मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिएर पार्टीमा ल्याउनुपर्ने अध्यक्ष लिङ्देनको प्रस्ताव थियो ।
मिश्रलाई पार्टीमा ल्याउन राप्रपाका शीर्ष नेता तयार भए पनि कुन पद दिने भन्ने विषयमा फरक-फरक मत आएका थिए।मिश्रलाई राप्रपामा ल्याउन लामो छलफल भएको र वरिष्ठ उपाध्यक्ष पद दिने सहमति भएको अध्यक्ष राजेन्द्र लिङ्देननिकट एक पदाधिकारीले सेतोपाटीलाई जानकारी दिए।
सल्लाहकार परिषद्का अध्यक्ष निरञ्जन थापाले निर्वाचित उपाध्यक्षहरुभन्दा तल रहने गरी मिश्रलाई पार्टीमा ल्याउन सल्लाह दिएका छन् । राप्रपामा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की गरी चार निर्वाचित उपाध्यक्ष छन् ।
[sidebar name="button post"]