राष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन गाेकुल बाँस्काेटाकाे आह्वान

काठमाडौँ: नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यकाल सकिएपछि राजनीतिमा फर्किन आह्वान गरेका छन् ।

 बास्कोटाले आज सामाजिक सञ्जालमार्फत् राष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन आह्वान गरेका हुन् ।‘पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानुनी व्यवस्था छैन । राजनीतिबाटै उनीहरू रास्ट्रपति बनेका हुन्छन्,’ पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले लेखेका छन्, ‘मेरो सिधा मत छ, वर्तमान रास्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो ।’

पछिल्लाे समय राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेकाे सक्रिय राजनीतिमा फर्किन चाहेकाे विषयमा चर्चा परिचर्चा भइरहेका छन् ।

[sidebar name="button post"]