काठमाडौँ । काठमाडौंमा डेङ्गुका बिरामी बढ्न थालेपछि महानगरका मेयर बालेन्द्र शाहले निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् ।
‘डेङ्गु संक्रमितहरुका लागि २४ घण्टे हटलाइन सुरु । संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्ने,’ मेयर शाहले भनेका छन्, ‘आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुनेछ।’
नेपाल एम्बुलेन्स सेवा (१०२) कोभिड १९ महामारी फैलिएका बेला बिरामीका लागि ठूलो आडभरोसा बन्यो। १० वर्षदेखि एम्बुलेन्स सेवामा सक्रिय यसले कोरोनाकालमा प्रभावकारी सेवा दिएर आफूलाई थप प्रमाणित गरेको छ।
कोभिड महामारीमा गरेको योगदानको कदर गर्दै यस वर्ष एम्बुलेन्स तर्फको स्वास्थ्यखबर युनाइटेड इमेजिङ हेल्थ अवार्ड नेपाल एम्बुलेन्स सेवाले पाएको छ। महामारीमा निशुल्क सेवा दिएका कारण एम्बुलेन्स सेवालाई संस्थागत रुपमा कोभिड च्याम्पिनबाट सम्मानित गरिएको हो।









