सन्दीप लामिछाने सिंगापुरमा, झिकाए वकिल

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने हाल सिंगापुरमा रहेको खुलेको छ । जमैकाबाट सिंगापुर आएका उनले त्यहीँ बसेर कानूनी परामर्श गरिरहेका छन् ।

एक नाबालिग किशोरीले आफूलाई बलात्कार गरेको भन्दै सन्दीपबिरुद्ध उजुरी हालेपछि उनी सम्पर्कविहीन भएका थिए ।क्यारेवियन लिग खेल्न वेस्ट एन्डिज पुगेकै बेला उनीबिरुद्ध गौशाला प्रहरीमा उजुरी परेको थियो । त्यसपछि सन्दीप क्यानको सम्पर्कमा आएका थिए । साथै क्यानले सन्दीपलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

 तर, नेपालका कानून व्यवसायीसँग सल्लाह गरेपछि उनी मन बदलेर सिंगापुरतिर लागेको बुझिएको छ । उनलाई कानूनी परामर्श दिन अधिवक्ता सरोज घिमिरे नेपालबाट गएको स्रोतले बतायो । प्रहरीमा सन्दीपविरुद्ध जाहेरी दर्ता भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई सम्पर्क गरेको थियो । त्यसबेला सन्दीपले आफू चाँडै नेपाल आउने भन्दै कानूनी प्रक्रियामा सहायताका लागि क्यानसँग आग्रह गरेका थिए । तर, जमैकाबाट हिँडेपछि उनी क्यानको सम्पर्कमा छैनन् ।

[sidebar name="button post"]