आफ्नो उम्मेदवार नभएको ठाउँमा सूर्यमा मतदान गर्न राप्रपा नेपालको आह्वान

१८ बैशाख,काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले नेकपा (एमाले)सँग चुनावी तालमेल भएका ठाउँमा सूर्य चिह्नमा मतदान गर्न नेता–कार्यकर्तालाई आह्वान गरेको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबार बसेको  सचिवालयको बैठकले आफ्ना उम्मेद्वार भएका गाउँ तथा नगरपालिकाहरुमा पार्टीको चुनाव चिन्ह ‘तीर’ मा मतदान गर्न र नेकपा एमालेसँग चुनावी सहमती भएका ठाउँहरुमा  ‘सूर्य’ चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरेको हो ।

[sidebar name="button post"]