एमाले एक क्विन्टल आलु, गठबन्धन एक-एक तोलाको सुन हो- महामन्त्री शर्मा

१८ बैशाख,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस आसन्न ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा राष्ट्रियरूपमा विजयी बन्ने दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले भने, ‘नेपाली कांग्रेस पार्टी राष्ट्रिय रुपमा विजयी बन्दैछ। कांग्रेस पार्टी अहिले पहिलो पार्टी बनेर जाँदै गर्दा केवल विजयी हासिल गर्ने कुरो भन्ने मात्रै सोचिरहेको छैन। यो समाजलाई कसरी सोचेर जाने ? यो समाजलाई एकै ठाउँ कसरी उभ्याएर जाने ? दुई खाले, युवा, महिलाको अवस्थालाई एकै ठाउँमा कसरी बनाएर जाने ? भन्ने सोच्न जरुरी छ।’

महामन्त्री शर्माले पालिका चुनावमा कांग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू क्विन्टल र अरू एक/एक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको बताए । केही दिनअघि नेकपा एमालेका अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा गठबन्धनका पाँच दल एक/एक किलोको ढक भएको र नेकपा एमाले एक्लै क्विन्टल भएको अभिव्यक्ति दिएका थिए ।

महामन्त्री शर्माले भने हामी नकारात्मक ढंगले बौल्दैनौँ, तर हिसाब नमिलेपछि हिसाब बुझाइदिनुपर्छ,” शर्माले भने, “हामी पाँचवटा एक/एक किलाका ढक होइनौँ । हामी एक/एक तोला मात्रै हौँ । क्विन्टलचाहिँ उहाँ क्विन्टल नै हो । तर, एक क्विन्टल आलु र पाँच तोला सुनको हिसाब बजारमा गएर सोध्यो भने कमरेड केपी ओलीलाई थाहा हुन्छ, वास्तविकता के हो ।

शर्माले नेकपा एमालेले बाहिर एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिएपनि भित्रभने कमल थापासँग तालमेल गरिरहेको बताए।

[sidebar name="button post"]