Ad #144479

रुसले आक्रमण थालेयता युक्रेनमा १५ हजार रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रुसी आक्रमण शुरु भएयता १५ हजार रुसी सैनिक मारिएको दाबी गरिएको हो ।

युक्रेनले ९७ लडाकु विमान, १२१ हेलिकोप्टर र २४ वटा चालकरहित हवाई उपकरण (ड्रोन) ,रुसका ४९८ ट्याङ्क, १५ सय ३५ बख्तरबन्द गाडी, २४० आर्टिलरी, ८० मल्टिपल लन्च रकेट सिस्टम र ४५ वटा हवाई प्रतिरोधी प्रणाली ध्वस्त पारिएको युक्रेनी दाबी छ ।