२ चैत्र, काठमाण्डौ। जापानमा बुधबार राति ७.३ म्याग्नेच्युडको भूकम्प गएको छ।
जापानी प्रसारण संस्था एनएचकेका अनुसार उत्तरपूर्वी जापानमा केन्द्रबिन्दु बनाएर बुधबार राति गएको उक्त भूकम्पको धक्का राजधानी टोकियोसम्म महशुस गरिएको थियो।
जापान सरकारले मियागी र फुकुसिमा क्षेत्रमा सुनामीको चेतावनीसमेत जारी गरेको छ ।
[sidebar name="button post"]











