विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना महामारी अन्त्यको घोषणा गर्ने विषयमा छलफल गर्न थालेको छ।
डब्लुएचओले कोरोना महामारी सुरु भएको दुई वर्ष पूरा भएपनि अझै महामारीका लक्षणहरु कायमै रहेको र मृत्युदर पनि बढिरहेकाले यसको अन्त्यको घोषणा गर्न आवश्यक मापदण्डहरुबारे छलफल गरिरहेको जनाएको छ । डब्लुएचओका जनस्वास्थ्य विज्ञहरुले कोरोना संकटको अन्त्य कसरी र कहिले गर्ने भन्ने बारेमा छलफल थालेको जनाएका छन् ।
पछिल्लो समय कोरोना संक्रमणको दर ओरालो लाग्दै गएपछि अधिकांश मुलुकले डब्लुएचओको निर्देशन नआएपनि विभिन्न प्रतिवन्धहरु फुकुवा गरेर दैनिकी सहज बनाउँदै आएका छन् ।
[sidebar name="button post"]









