पुटिनद्वारा युक्रेनमा फेरि युद्धविराम घोषणा

रूसले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छाड्न चाहनेहरूकालागि भन्दै युद्धविरामको घोषणा गरेको छ ।

रुसी फौजले ती शहरहरुमा स्थानीय समयअनुसार बिहान १० बजे देखि युद्धविराम घोषणा गरेको हो । युक्रेनमा मानवीय प्रतिक्रियाका लागि अन्तरविभागीय समन्वयको कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार विपत्तिजनक मानवीय अवस्था र कीभ, खार्किभ, सुमी र मारिउपोल शहरहरूमा यसको तीव्र उग्रतालाई ध्यानमा राख्दै युद्धविराम घोषणा गरिएको हो ।

केही दिनअघिमात्रै दुई मुलुकले मारिउपोल शहरमा युद्धविराम गरी शहर छाड्न चाहनेहरूका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने सहमति गरेका थिए । यद्यपि सो क्षेत्रमा रुसी आक्रमण नरोकिएको युक्रेनी दाबी छ ।
[sidebar name="button post"]