चीनले युक्रेनमा जारी युद्ध तथा संकटको समाधान वार्ता र संवादको मार्फतबाट गर्नुपर्ने बताएको छ।
चिनियाँ विदेशमन्त्री वाङ्ग यीले सोमबार पत्रकार सम्मेलनमा शान्ति र तर्कसंगत भएर संकटको समाधान गर्नुपर्ने बताएका हुन्।
विदेशमन्त्री वाङ्गले भनेका छन्, ‘युक्रेनमा जारी युद्ध वार्ता, संवाद तथा शान्तिपूर्ण माध्यमबाट समाधान गरिनुपर्छ।’
रुस–युक्रेन वार्ताका लागि रचनात्मक भूमिका निर्वाह गर्नका लागि चीन इच्छुक रहेको पनि चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
युक्रेनमा गएको फेब्रुअरी २४ देखि रुसले आक्रमण गर्दै आएको छ। त्यसको विरोध भइरहँदा चीनले भने आफूलाई सकेसम्म रुसको विरोधी र आक्रमणको समर्थक देखाउन चाहिरहेको छैन।
[sidebar name="button post"]









