रुसी आक्रमणको सामना गरिरहेको युक्रेनबाट २ सय ९८ नेपाली नागरिक बाहिरिएका छन् ।
जर्मनीस्थित नेपाली दूतावासका अनुसार युक्रेनको पूर्वमा रहेको खार्किभ शहरमा फसेका तीन नेपाली पनि सुरक्षित साथ बाहिरिएका छन् ।
खार्किभमा अझै एक नेपाली विद्यार्थी भारतीय विद्यार्थीहरूसँग रहेको र भारतीय विद्यार्थीहरूसँगै उनको पनि उद्धार गर्ने तयारी भइरहेको जनाइएको छ ।












