९ फाल्गुन, बैतडी। बैतडीको पाटन नगरपालिका–३ डबरामा टिप्पर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गुजरबाट काठ लोड गरेर पाटनतर्फ आइरहेको टिप्पर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “भर्खर घटनास्थल पुगेँ, तीनजनाको मृत्युु भएछ, थप विवरण पछि आउँछ ।”
[sidebar name="button post"]









