थप ३८८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

९ फाल्गुन, काठमाण्डौ। पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ पीसीआर परीक्षणमा २४७ र दुई हजार ९१५ एन्टिजेन परीक्षणमा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १२०५ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ११ हजार २८२ जना सक्रिय संक्रमित रहेका छन्।

[sidebar name="button post"]