नेकपा एमालेको शनिबार शुरु हुने केन्द्रीय कमिटी बैठकका लागि १४ एजेण्डा तय गरिएको छ । भक्तपुरको गठ्ठाघरमा बस्ने बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो गठन, केन्द्रीय सदस्य मनोनयन देखि नेताहरुको वरियताक्रम निर्धारण समेत गरिनेछ ।
बैठक दुई दिन चल्नेछ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार, बाँकी केन्द्रीय सदस्यहरुको शपथ, महाधिवेशनको समीक्षा, केन्द्रीय सल्लाहकार परिषद् गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, प्रदेशमा रिक्त पदाधिकारी मनोनयन केन्द्रीय कमिटी बैठकले गर्नेछ ।
चितवनमा सम्पन्न १०औं महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटीको पहिलो बैठक १४ मंसिरमै बसेको थियो ।
[sidebar name="button post"]









