पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण

१४ मंसिर, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ३२९ जनाको पीसीआर परीक्षणमा २४५ र २ हजार १४० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २५६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

[sidebar name="button post"]