अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

१४ मंसिर, अछाम। अछाममा मंगलबार भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना६ख ८२९ नम्बरको बस कैलाशखोला नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मंगलसेन नगरपालिका १४ का ५७ बर्षीय टंकबहादुर भण्डारी र मंगलसेन नगरपालिका १ बस्ने २१ वर्षीय एकेन्द्र थापाको ज्यान गएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार बसमा कति यात्रु थिए भन्ने एकिन विवरण आइसकेको छैन । बस उल्टो फर्किएकाले धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

[sidebar name="button post"]