एमाले अध्यक्षमा ओली पुनः निर्वाचित

१४ मंसिर, काठमाण्डौ। नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी ओली दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित भएका छन्। चितवनमा जारी एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट ओली भारी मतान्तरका साथ एमालेको दोस्रो पटक निर्वाचित भएका हुन्।

स्रोतका अनुसार,गणना भएको २ हजार ९६ मत मध्ये ओलीले १८०८ र रावलले २१३ मत प्राप्त गरेका छन्।

नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गरेका ओलीले यो अधिवेशनमा उपाध्यक्ष समेत रहेका भीम रावललाई पराजित गर्दै चार वर्षे कार्यकालमा निर्वाचित भएका छन्।

आयोगले औपचारिक मत परिणाम भने घोषणा गर्न बाँकी रहेको छ ।

[sidebar name="button post"]