१ मंसिर, काठमाण्डौ। काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । आज कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो ।
स्थानीयले घर बनाउन चाहिने पानीको ब्यबस्था गर्नका लागि बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो । सुरुको ४ घण्टा तिब्र गतिमा सुक्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलो समेत निस्किएको छ ।
ग्यास निस्किएको सम्बन्धमा सुरक्षाकर्मीलाई तत्काल नै खबर गरिए नियन्त्रणका लागि हालसम्म कुनै पहल नभएको स्थानीयले बताएका छन् ।
[sidebar name="button post"]








