मोटरसाइकल रिकन्डिशन हाउसमा आगलागी हुँदा रु एक करोड ५० लाख बराबरको क्षति

१९ कार्तिक, उदयपुर। जिल्ला सदरमुकाम गाईघाट बजारको डिएमगेट नजिकैको मुख्य सडकखण्डस्थित एक मोटरसाइकल रिकन्डिशन हाउसमा गए राति आगलागी हुँदा रु एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।

विद्युत् सर्ट भई रौतारानी सप्लायर्समा आगलागी हुँदा त्यहाँ रहेका ५० भन्दा बढी मोटरसाइकलसहित अन्य विभिन्न उपकरण जलेर नष्ट भएको सञ्चालक राजकुमार राउतले बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले आगलागी भएको खबर प्राप्त हुननासाथ आगो निभाएको जानकारीदिनुभयो ।

[sidebar name="button post"]