आज मौसम सामान्यतया सफा, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

१७ कार्तिक, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । राति प्रदेश १ र गण्डकीका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबार प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

[sidebar name="button post"]