विश्वभर कोरोनाे संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो

१३ कार्तिक, काठमाण्डौ। विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार मृत्यु हुनेको कुल संख्या ५० लाख ३ हजार ९०१ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्रै ७ हजार ५५३ संकमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार ५३५ र रुसमा एक हजार १६३ जना छन् ।

हालसम्म कोरोनाका कुल संक्रमितको संख्या २४ करोड ६७ लाख २० हजार २२० छ भने तीमध्ये २२ करोड ३५ लाख ११ हजार ९७७ जना निको भइसकेका छन् ।

 

[sidebar name="button post"]