मेस्सीको गोल, सिटीमाथि पिएसजीको जित

१३ असोज, एजेन्सी : लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनको जर्सीमा पहिलो गोल गर्न सफल भएका छन् । मंगलबार राति म्यानचेस्टर सिटीलाई २–० गोलले हराउने क्रममा मेस्सीले गोल गरेका हुन् ।

बार्सिलोनाबाट पिएसजी आएका मेस्सीले च्याम्पियन्स लिग अन्तर्गत समूह ए मा रहेको पिएसजीका लागि मंगलबार राति भएको खेलमा जित दर्ता गरेका हुन् ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि २–० को जित निकालेको हो । पिएसजीका लागि आठौँ मिनेटमा इद्रिसा गुआइ र ७४ औँ मिनेटमा मेस्सीले गोल गरेका हुन् । उनको गोलका लागि केलिएन एमबाप्पेले सहयोग गरे ।

समूह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको पिएसजीले दोस्रो खेलमा जित निकाल्दै चार अंक बनाएको छ। सिरी तीन अंकसहित तेस्रो स्थानमा छ । आरबी लेइप्जिगलाई २–१ ले पराजित गरेको क्लब बर्ग चार अंकसहित दोस्रो स्थानमा छ ।

[sidebar name="button post"]