१३ असोज, काठमाण्डौ। परराष्ट्रमन्त्री डा. नारायण खड्काको पद तथा गोपनियताको शपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिटउपर आज (बुधबार) पेसी तोकिएको छ ।
शपथ सम्बन्धी कानुन बनाएर पुनः सपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न-नगराउन मागसहित अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।
नियुक्तीको एक सातापछि मंगलबार अधिवक्ता विशाल न्यौपानेले कानुनी व्यवस्था बिनानै खड्काको शपथ गराइएको जिकिर गर्दै सपथ बदरको मागसहित रिट दायर गरेका हुन् ।
असोज ६ गते प्रधानन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी थिइन् ।
राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जानुपर्ने भएकाले सोही दिन शपथ ग्रहण गरी पदभार ग्रहण गरेर मन्त्री खड्का अमेरिका गएका थिए ।
[sidebar name="button post"]









